×
Saturday April 20, 2024
Sign Up Support

Member Login

Forgot password?
Society

लकडाउनः समयको सदुपयोग कसरी गर्ने ?

Sharmila Bhandari
Sharmila Bhandari 4 YEARS AGO 2274 views
Society Ankur Mourya

 

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ अर्थात कोरोना भाइरसले विश्वभर नै संकटको अवस्था सिर्जना भएसंगै नेपाल सरकारले पनि  संक्रमणको जोखिम हुन नदिन लकडाउनको घोषणा गर्यो । लकडाउन अर्थात एकान्तबास तपाई जहा हुनुहुन्छ त्यही बस्नुहोस् र घर भित्रै बस्नुहोस् ।

 

लकडाउनको मारमा परेको सबैभन्दा महत्वपूर्ण क्षेत्र भनेको शिक्षा हो । विद्यालय जाने उमेरका बालबालिका यतिबेला घरमा छन् । यो लकडाउनसंगै धेरै अभिभावकको एउटै चिन्ता अब छोराछोरीलाई घरमा कसरी राख्ने ? म पनि एउटा अभिभावक मनमा चिन्ता उहि थियो दुई छोराछोरी अब घरमा कसरी राख्ने ? अरु दिनका विदा हुदो हो त कहिले कता कहिले कता घुमाउदा दिन बित्दथ्यो तर यसपालिको विदा फरक किसीमको भयो अभिभावक र बालबालिका दुवैका लागि । फेरि आजभोलिका बच्चा मोबाईल टेलिभिजन देखि टाढा राख्न गाह्रो । यस्तै यस्तै चिन्ता मेरा मनमा पनि थिए । आज लकडाउनको सोह्रौ दिन अर्थात सरकारले तेस्रो चरणमा आगामी बैशाख ३ सम्मका लागि लकडाउन अवधि थप गरेको छ । विदाहरु यो भन्दा पहिले नभएका होइनन् तर ति विदाहरु फरक खालका थिए । र ति विदाहरु सधै हतारमै बित्ने गर्दथे । चाडबाड आयो दौडधुप । अन्य विदा त्यस्तै त्यस्तै गरि सकिने । यो लकडाउन हामी सबैका लागि सायद नयाँ अनुभव भयो । सरकारले पहिलो दोस्रो र तेस्रो चरणमा गरि लकडाउनको अवधि लम्बाउदै गयो । यो १५ दिनको एकान्तबासमा देशमा  थुप्रै समस्याहरु भएका छन् । तथापी एकान्तबासमा म र मेरो परिवारले पाएको एउटा सुखद अनुभव के भने पारिवारिक माहोल निकै राम्रो भएको छ ।

 

लकडाउनले  विभिन्न समस्याहरु महसुस गराईरहेका बेला यसका केहि सकारात्मक पक्षहरु पनि देखिए ।

 

सामाजिक संजालमा अधिकांशले आफ्ना परिवारसंग बस्न पाउदाको खुशि  साटिरहेका छन् । धेरैले आफ्ना बालबच्चाका कला सामाजिक संजालमा पोस्ट्याएको देखिन्छ । भनिन्छ नि परिवार सुख भन्दा अर्को सुख छैन । लकडाउनले यतिबेला हामीलाई सिकाइरहेको पाठ भनेको परिवारको महत्व हो । 

 

सधैको दैनिकी बिहान उठ्यो छोराछारीलाई हतार हतार विद्यालय पठायो । दुइ बुढाबुढीदिनभर आ आफ्नो काममा व्यस्त । साझ घरमा सबै जना भेला भयो छोराछोरीको गृहकार्य खाना पिना बस यत्ति मै सिमीत । लाग्दथ्यो छोरा छोरीलाई राम्रो विद्यालयमा पढाएकै छु । राम्रो सुविधा दिएकै छु । तर त्यत्तिले कहाँ पुग्थ्यो र बालबालिकालाई । उनिहरुको कुरा सुनिदिने कस्लाई फुर्सद ? जिवन सधै हतारको । यो लकडाउनका बेला मैले गरेको एउटा मिठो अनुभुती  अहिले म र मेरो श्रीमानले छोराछारीका लागि प्रसश्त समय दिन भ्याएका छौं ।

 

बालबालिका स्वभावैले सृजनात्मक हुन्छन् । तर उनिहरुको ति सृजनालाई राम्ररी समय दिन नभ्याएको अनुभुति हुने गर्दथ्यो । यसपालि भने छोराछोरीले मजाले खुलेर आफ्ना कला देखाउदै छन् । उनिहरु हामीसंग नयाँ नयाँ अनुभव साटिरहेका छन् । हामीले बच्चाहरुलाई आफुले जानेका कुराहरु देखि व्यवहारिक ज्ञानदिन भ्याएका छौ । आहा यो कस्तो रमाईलो अनुभव । भनिन्छ मानिस पढेर भन्दा परेर जान्ने हुन्छ । त्यसैले यतिबेला म जस्ता अभिभावकले जान्नु पर्ने कुरा के भने यो समयको सदुपयोग गर्दै हामीले हाम्रा बालबालिकालाई जिवन जिउने कला पनि सिकाउनु जरुरी छ । किताबी ज्ञानले मात्र मानिस पूर्ण हुन सक्दैन । त्यसैले यो समयमा हामीले हाम्रा बालबालिकालाई व्यवहारिक ज्ञान दिन सकिन्छ । ताकि यो ज्ञान उनिहरुका लागि आजिवन लाभदायी हुनेछ ।

 

अरुबेला विदा भयो कि मोबाइल र टेलिभिजनमा झुम्मिहाल्ने बालबालिकाको बानी व्यवहारमा पनि परिवर्तन ल्याउन सकिन्छ । साना नानिहरुलाई फुर्काउदै  भान्सा, करेसाबारि , लुगा धुने, भाडा माझ्ने लगायतका काम सिकाइयो भने यो ज्ञान उनिहरुका लागि जिवन निर्भाहको एउटा राम्रो सिकाई हुनेछ ।

 

बालबालिकाको पहिलो पाठशाला उस्को घर परिवार हो । त्यसैले उसले आफ्नो घरबाट राम्रा कुराहरु सिक्नु जरुरी छ । अरुबेला बालबालिकाले गरेका अनेक थरिका प्रश्नको जवाफ दिन नभ्याउने हामीले यसपालि भने उनिहरुका प्रश्नको जवाफ दिन मज्जाले भ्याएका छौं ।

 

उनिहरु प्रश्नको जवाफ पाउँदा अहो कस्तो दंग । साच्चै यो पो सुन्दर संसार । कस्तो मिठो अनुभव । बालबालिकाले संसारका सबै कुरा जान्ने गुगल जस्तै सोच्दा रहेछन् आफ्ना बाबु आमालाई । उनिहरुको हरेक प्रश्नको उत्तर हामीसंग हुनै पर्ने । उनिहरुका हरेक क्रियाकलापमा हामी सहभागी भैदिनु पर्ने ।

 

यो समयमा उमेर पुगेका बालबालिकालाई आफ्नो व्यक्तिगत सरसफाई सिकाउदा उनिहरु आफ्नो काम आफै गर्न सक्ने हुने रहेछन् ।

 

दिनभर सुतेर समयको बर्बादी गर्नुभन्दा यतिबेला परिवारका लागि समय दिन सकियो भने पारिवारिक मेल पनि बढेर जान सक्छ । बालबालिकालले सहि अभिभावकत्वको महसुस गर्नेछन् । 

 

यो लकडाउनलाई हामीले सकारात्मक रुपमा लियौ र यसलाई सहि सदुपयोग गर्ने अठोट पनि गरियो । लकडाउनका बेला काम भएन भनेर बस्नेहरु घर परिवारसंग रमाउनुहोस् । सृजनात्मक बन्नुहोस, घर भान्सा करेसाबारिमा भएका कामहरु गर्नुहोस् ।

 

बालबालिकालाई अरुबेला सिकाउन नभ्याएका ज्ञान सिकाउनुहोस् । समय बितेको पत्तै हुने छैन ।

 

-----

 

शर्मिला भण्डारी
म्यानेजिङ्घ डाइरेक्टर
तिलोत्तमा एफ.एम