×
Sign Up Support

Member Login

Forgot password?
बाल संसार

सडक बालकको दुःख

Joshana Adhikari
Joshana Adhikari 3 YEARS AGO 4558 views
Young World Alistair Reign Blog

 

म को हुँ, कसको हुँ,  थाहा छैन मलाई 
कसले जन्म दियो, म सडक बालकलाई ।
कहाँ छ मेरो घर, को हुन बाबाआमा
शान्ति, सुख छैन यो, बालकको मनमा । 

 

कहाँ जन्मे, कहाँ हुर्के, केही थाहा छैन
राम्रो लाउन, मिठो खान कहिलै पाको छैन ।
दिन रात सडकमा भौतारिन्छु खान
कसरी म पालौँ भन निष्ठुरी यो ज्यान ।

 

घर छैन टुहुरो म सडकमै बस्छु
सिरक डस्ना कहाँ पाउनु बोरामा नै सुत्छु ।

 

सपनीमा चरा जस्तै माथि माथि उड्छु 
ब्युँझेर हेर्दा फोहरको थुप्रोमा नै हुन्छु ।
मैले पनि पढ्न लेख्न पाउने कहिले होला
मन लाग्छ स्कुल जान बोकी काँधमा झोला ।
बुझ्ने कसले होला सडक बालकको दुःख
स्वार्थी जगत् चाहन्छ आफ्नो मात्र सुख ।

 

अरुले देको खानुपर्छ जुठो होस् वा चोखो
खान नपाए बस्नुपर्छ दिन रातै भोको ।
हकै हकको कुरा गर्छन दिनदिनै सरकार
कहिले पाउने होला सडक बालकले अधिकार ।

 

प्यारा र उज्याला बालबालिकाहरु, तपाईहरु पनि यस स्वदेशसन्देश म्यागजिनमा आफ्ना रचनाहरु प्रकासित गर्न सक्नुहुनेछ, Sign Up गरि आफ्ना रचनाहरु अपलोड गर्नुस् है ।

-----

जोसना अधिकारी
मूनलाईट एकाडेमी
कक्षा : ९
चन्द्रपुर, रौतहट

 

समान सामग्रीहरु