×
Sign Up Support

Member Login

Forgot password?
समाज

कोरोना भयको खेती र दिग्भ्रमित जमात

Ankur Chhipi Mourya
Ankur Chhipi Mourya 3 YEARS AGO 1386 views
Society Photo By Cottonbro From Pexels

असार ११ गते पोखरामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएका एक पुरुषको शव व्यवस्थापनका क्रममा झडप भयो । कोत्रे स्थित सेती नदी किनारको घाटमा शवदाह गर्न जांदा प्रहरी र स्थानीय बीच ढुंगा हानाहान भयो ।

 

 

लकडाउन खुकुलो भएसंगै सहर बजारहरुमा मानिसहरु सामाजीक दुरीनै कायम नगरी निस्फिक्री घुमिरहेका छन् । यस्तो भिंडभाडले संक्रमणको गतिलाई अझै तिव्र बनाउने संभावना बढेको छ । यि दुवै घटनाक्रमहरुलाई विचार गर्दा मानिसहरुमा कोरोना भाइरस संक्रमणलाई लिएर मुलतः दुई थरिका विचारहरु देखिए ।

 


पहिलो : संक्रमण नभएकाहरु आफुलाई जस्तो लापरबाही गरेपनि संक्रमण नहुने कुरामा ढुक्क छन्,  जुन लकडाउन खुकुलो हुने बित्तिकै सहर बजारमा देखिएको लापरबाह भिंडले देखाइरहेको छ ।

 

(तस्विर : रुपा कार्की)

 

सरकारले लकडाउन खुकुलो जरुरी काम कारबाहीका लागि गरेको हो । निस्फक्री भएर घुमघाम गर्ने, पार्कहरुमा भिंडभाड गरेर डुलीहाल्ने बेला अझै भईसकेको छैन । लकडाउन खुकुलो भएतापनि सामाजिक दुरी कायम गरी अत्यावश्यक कामका लागि मात्र बाहिर निस्कने हो । हामीले सावधानी अपनायनौ भने संक्रमणले अझै तिव्र गति लिन सक्छ ।

 


दोस्रो : संक्रमण भएका वा संक्रमणको जोखिममा रहेकाहरुका विरुद्ध बनाईएको खतरनाक बन्देजको अवधारणा जुन माथि उल्लेख गरिएको जसरी पोखरा कोत्रे स्थित स्थानीयहरुले शवदाह गर्दा जोखिममा मोलेर सेवामा खटिएका प्रहरीहरुमाथिनै ढुंगा मुढा गरेको अमानविय व्यवहारले देखाएको छ ।

 


मानिसहरुले देखाएको यो कस्तो अनौठो, अमानविय र द्वैध चरित्र ? संक्रमण रोक्न हामी सावधान पनि नहुने तर संक्रमित भएर रोगले मृत्यु भएकाको शवदाह गर्न खटिएका प्रहरीहरुलाई भिंडभाड गरेर ढुंगामुढा चांहि गर्ने ? त्यै ढुंगामुढा गर्न खटिएकामध्ये कसैलाई संक्रमण भयो भने ? संक्रमणका कारण मृत्यु भएकाको शवदाह गर्दा त्यो भिंडले त्यसरी अमानवीय तरिकाले ढुंगा मुढा गरेर आफनो अनावश्यक भय प्रदर्शन गर्नुको साटो घर भित्रै बसेर सावधानी अपनाउने उपाय पनि पक्कै थियो होला । त्यांहाका स्थानीयले शवदाह गर्ने क्षेत्रलाई रसायन छर्केर Sanitize गर्न प्रहरीलाई अनुरोध गर्न पनि सक्थे होला ।

 

अन्य लेखहरु :

 

जिम्मेवार अभिभावकत्व : बालबालिकाको सुन्दर भविष्यको आधार

 

सामाजिक विकासको अवधारणास् सफल, सभ्य र असल राष्ट्र निर्माणको आधार

 


कोरोना संक्रमण अरुलाई मात्र हुन्छ भन्ने खालको अबुझ व्यवहार निकै घातक हुन सक्छ । कोरोना संक्रमणलाई लिएर अनावश्यक भय सिर्जना गर्नु हुंदैन, त्यो आवश्यक छैन । संक्रमित संगको सिधा संपर्क पछि मात्र यो रोग सर्ने संभावना उच्च हुन्छ । संक्रमण हुनु अघि चरम लापरबाही देखाउने तर संक्रमित भएका क्षेत्र, व्यक्ति, अस्पताल र संक्रमणको जोखिम मोलेकाहरुका विरुद्ध खतरनाक बन्देजको धाराण राख्दा र त्यस्ता विषयलाई लिएर अनावश्यक रुपमा भयभित हुंदा यसले समाजमा थप समस्या सिर्जना गर्न सक्दछ । आज अरु कसैको शवदाहमा हामीले अवरोध खडा गर्दा भोली अरुले पनि हामीलाई त्यस्तै व्यवहार गर्दाको अवस्थाको पनि कल्पना गरौं । कोरोना भाइरस एक समस्या हो, यसको समाधान हाम्रा सावधानीका उपायहरुमा छन् न कि अनावश्यक भय, त्रास र संक्रमित तथा संक्रमणको जोखिममा रहेकाहरुको विरुद्ध अपनाइने बन्देजको धारणामा ।

 


आम जनताको सेवामा खटिनुभएका प्रहरी, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सरसफाई कर्मचारी, आपुर्तिकर्ता लगायतलाई कोरोना भाइरसको संक्रमणसंग जोडेर भयभीत भई बन्देजको दृष्टिकोण राख्नु भनेको निकै अमानविय सोच हो । यस्ता सोचहरु समाजका लागि निकै प्रत्युत्पादक हुनसक्छन् । अहिले हाम्रा सेवामा खटिनु भएका विभिन्न पेसाकर्मीहरुलाई आदर र सम्मानका दृष्टिले हेरिनुपर्दछ । उंहाहरुको अथक मेहेनतका कारणमात्र हामी सुरक्षित छौं । संक्रमित भएकाहरु वा संक्रमणका कारण मृत्यु भएकाहरु हाम्रा विरुद्ध वा हामीलाई संक्रमण होस भनेर भएका होइनन् । वंहारुको भोगाईमा अर्कै पिडा होला जुन हामीलाई कल्पना गर्दा पनि डर लाग्छ । यस्तो अवस्थामा हामी संयम भई सोच्न निकै आवश्यक छ ।

 

तपाईको आफ्नै रचनात्मक लेख लेख्न Sign Up गर्नुहोस् ।

 


अहिलेको युग भनेको सामाजिक संजाल तथा अत्याधिक सुचना तथा जानकारीको समय हो । वास्तविकता भन्दा धेरै बढाई चढाई गरेर सुचनाको बिक्री वितरण हुन्छ । सुचना बिक्री गर्ने एउटा होड छ । सायद त्यही होडले हामीमा कोरोना भाइरसका विषयमा सावधान हुने आवश्यक्ता भन्दा पनि भय र त्रास सिर्जना गरेको छ ।

 

 

कोरोना भाइरसको संक्रमण अरु रोगहरु जस्तै एउटा रोग हो तर हालसम्म यसको उपचारका लागि प्रभावकारी औषधी उपलब्ध छैन । यस विषयमा विश्वव्यापी रुपमा विभिन्न खोजहरु भईरहेका छन् । इजरायल, अमेरिका, क्यानाडा, चिन, भारत लगायतका मुलुकहरु यस रोग विरुद्धको खोपको आविष्कारको नजिक पुगेको दावी गरिरहेका छन् । त्यसैगरी हालसालै अमेरिकाको एरिजोना स्टेट युनिभर्सिटीमा भएको एउटा परिक्षणमा कोभिड १९ ले आफै विलय भएर जाने लक्षण देखाएको वैज्ञानिकहरुले बताएका छन् । मानव इतिहासमा यस्ता महामारीहरु विभिन्न कालखण्डमा देखिंदै आएका छन् र समयकालसंगै ति महामारीहरु हराएर गए । कोरोना भाइरस पनि कालान्तरमा त्यसै गरी हराएर जानेछ तर त्यसका लागि हाम्रो सावधानी आवश्यक छ न कि भय । यो समस्याले हामी भित्रको मानवता हराएर नजाओस् ।