×
Sign Up Support

Member Login

Forgot password?
बाल संसार

म, लकडाउन अनि मेरो अनलाईन कक्षा

Samriddi Kandel
Samriddi Kandel 3 YEARS AGO 3936 views
Young World सिकाई चौतारी, शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालय


“भोलिदेखि विधालय छ्रुट्टी हुन्छ रे ।” मेरी साथीले दौडदै आएर मलाई सुनाइन् । मैले चाहिँ उसले कताको हल्लामा विश्वास गरिछ भनेर उसको कुरालाई त्यति ध्यान नै दिईन । परीक्षाको समय भएका कारण म चाँहि परीक्षा हल भित्र छिर्ने केहि समय अघिसम्म पढेर बसे । परीक्षा दिइसकेपछि सबै जना स्कुलको चौरीमा आए । सबै जना विधार्थीहरु आ–आफ्नो परीक्षा हल भित्र फेरी एकपटक जानुपर्ने घोषणा गरियो । सबैजना हल भित्र पसिसकेपछि एक जना शिक्षक आएर भोलिपल्ट देखि विधालय बन्द हुने र परीक्षा पनि रोकिने कुरा सुनाएर जानुभयो । सबैजना विधालय बन्द हुने कुरामा खुसी देखिन्थे । म भने जे भए पनि बिचमै परीक्षा रोकेर छ्रुट्टी दिन नहुने, एकै चोटि सबै विषयको परीक्षा सकेर छ्रुट्टीे दिनुभएको भए ढुक्क हुन्थ्यो’ भन्ने कुरा सोचिरहेको थिए । हुन त विधालय कोरोना माहमारीको कारणले बन्द हुन लागेका कुरा थाहा थियो तर कोरोना महामारीका खतराहरु थहा नपाएका कारणले म भने विघालय बन्द नभैदिए हुन्थ्यो भनेर बसिरहेको थिए । मैले मनमनै यी कुराहरु मनन् गरिरहेको समयमा कक्षाभित्र स्वास्थ्य विषय पढाउने शिक्षक आउनुभयो । र उँहाले हामीलाई कोभिड–१९ बाट हुने खतराहरुको बारेमा सुनाउनु भयो । शिक्षकका कुरा सुनेर त मेरो होस नै उड्यो । कोभिड– १९ को बारेमा हल्का फुल्का त सुनेकै थिए तर शिक्षकले बताउनुभएको कुरा मेरो सोचाइभन्दा बाहिरका थिए । त्यस पछि त मैलेपनि विधालय बन्दै रहेको जाति भन्ने कुरा बुझेँ र पढेका कुरा परीक्षाका लागि मात्र नभएर जीवनमा पनि काम लाग्छन् र पढेको कुरा कहिल्यै खेर जादैन, मानिसको ज्यान भन्दा ठुलो अरु के नै हुन्छ र भनेर परीक्षा नहुने कुरा सुनेर खिन्न भएको मेरो मनलाई बुझाए ।

 


भोलिपल्ट देखि त विधालय बन्द भैहाल्यो । छुट्टीमा यता घुम्न जान्छु , उता घुम्न जान्छ भनेर बनाएका मेरा सारा योजनाहरु अपुरा रहने भए भनेर फेरि मन खिन्न भयो । यहि कुराको गुनासो मैले आफ्नो आमा र बाबालाई पोखेँ । आमाबुवाले मलाई लकडाउनका कारण आयस्रोत बन्द भएर घरमा एक छाक खानेकुरा पनि नपाएर एक परिवारका सम्पूर्ण सदस्यहरुले अत्महत्या गरेको कुरा सुनाउनु भयो । गाउँकै कतिपय रोजगारीका लागि विदेश गएकाहरुको परिवारमा सुख ,चैन खोसिएको कुरा बुझाउनु भयो । “घरको सारा सदस्य सँगै बसेर भोजन गरेको आनन्द नै स्वर्गिय आनन्द हो ।” कक्षा ५ मा नेपाली विषय पढाउने गुरुआमाले पढाउनुभएको यो कुरा मैले सम्झिए । यो कुराको स्मरण पछि वास्तवमै यो कुरामा सत्यता रहेको थाहा पाए ।

 


यस्तै गरी मैले समय बिताउन नयाँ नयाँ परिकारको खाना पकाउन सिक्ने , गाउँका साथीभाइ सँग खेलहरु खेल्ने , हजुरबुवाका जीवनका अनुभव तथा रमाइला घटनाहरु सुन्ने गर्दा त समय बितेको पत्तै लाग्न छोड्यो । यसैगरी एकदिन दिउँसो आमालाई काम गर्न सगाइरहेको वेलामा विधालयबाट आमाको मोबाइलमा फोन आयो । विघालयबाट हाम्रो बाँकिको परीक्षा लिने र दुई चार दिनमै अनलाइन कक्षा सञ्चालन गरिने कुरोको सुचना दिनुभयो । विधार्थी जीवनमा कहिले पनि अनलाइन परिक्षा नदिएकाले मलाई अनलाइन परिक्षाको बारेमा त्यति जानकारी थिएन । आमाले विधालयमा फोन गरेर अनलाइन परीक्षा र अनलाइन कक्षाको बारेमा जानकारी प्राप्त गर्नुभयो ।

 


मैले अनलाइन परीक्षा दिएको दुई दिनमै नतीजा पनि आयो । मैले परीक्षामा सर्वोत्कुष्ट अङ्क प्राप्त गरिछु । म निकै खुसी भएँ । परीक्षाको नतीजा बाहिरिएको एक दुई दिन पछि अनलाइन कक्षा सञ्चालन गरिन्छ भनेर फोनमा विधालयबाट आएको सूचना झल्यास्स सम्झिएँ । अनलाइन कक्षाको लागि इन्टरनेट सुविधा मेरै घरमै भएकोले म त मख्ख थिएँ । मेरो गााउँमै बस्ने मेरा दुइ तिन जना सहपाठीहरुलाई मैले उनीहरुको घरमा इन्टरनेटको सुविधा नभएका कारणले आफ्नै घरमा बोलाएँ ।

 


जीवनमै पहिलो पटक अनलाइन कक्षाको अनुभव बटुल्न म चाँहि दुई घण्टा अगाडिदेखि नै तयार थिएँ । मलाई कक्षा कहिले सञ्चालन होला भइरहेको थियो । मलाई त कक्षामा शिक्षकको आवाज मात्र सुन्न पाइन्छ जस्तो लागेको थियो तर कक्षामा त साथीहरु र शिक्षक दुवैलाई हेरेर बोल्न पाइदो रहेछ । लगभग तीन महिना पश्चात साथी र गुरुहरु सँग बोल्न र पढ्न पाउँदाको खुसी म बयान पनि गर्न सक्दिन । अहिलेको सन्दर्भमा अनलाइन कक्षा बाहेक केहि बिकल्प छैन । म पढ्ने विधालयले आफ्ना विघार्थीहरुका कक्षा निकै राम्रोसँग सञ्चालन गरेर अध्ययन–अध्यापन गतिविधि अति नै प्रभावकारी रुपमा चलाइरहेको छ । जँहा इक्षा त्यँहा उपाय भन्ने कुरा यस सन्दर्भमा ठ्याक्कै मेल खान पुग्छ ।

 


यो त मेरो विधालयको कुरो हो । तर विकट ठाउँमा भएका मानिसको लागि खान लगाउन नपुग्ने समयमा अनलाइन कक्षा आकासको फल आँखा तरी मर भनेझैँ हुन्छ । अब हामी सबैले लकडाउनको राम्रोसँग पालना गरेर देशमा आएको महामारीलाई भगाउन सक्षम भयौँ भने फेरी एकपटक हाम्रा देशमा खुसीयाली छाउनेथ्यो र परिस्थिति नियन्त्रणमा आएपछि मानिसका आयस्रोत खुल्नेथ्यो र विकट क्षेत्रका विघार्थीहरुले पनि फेरि विधालय गएर पढ्न पाउने थिए । ‘स्वास्थ्य नै अमूल्य धन’ भन्ने कुरालाई मूल मन्त्र बनाएर हामी सबै जना सुरक्षित भएर घरमै बस्नुपर्छ र कोरोना महामारीसँग विजय हासिल गर्नुपर्छ ।


 

समान सामग्रीहरु