×
Sign Up Support

Member Login

Forgot password?
साहित्य

असली रूप

Asmita Gurung
Asmita Gurung 3 YEARS AGO 777 views
Literature

कलकल बग्ने शितल जल सोचेथे तिमीलाई 

तर तिमी त मुटु पोल्ने तातो आगोको राप भएर आयौ,

माया लाग्दो अहिंसक हरिण सोचेथे तिमीलाई

तर तिमी त डर लाग्दो शिकारी बाघ भएर आयौ,

त्यो माग भएर आयौ जस्को कुनै अन्त्य नै थिएन, 

तिमीलाई अमुल्य सप्तरङ्गि डाॅफे सोचेथे

तर तिमी त छ्याप-छ्याप्ति पाईने कालो काॅग भएर आयौ ।

 

सधैॅ सत्यलाई मात्र अङ्गाल्ने व्यक्ति सोचेथे तिमीलाई

तर तिमी त काॅचुलि फेरिरहने विषालु नाग भएर आयौ, 

मेरो सादा जिवनको फुलबूट्टे बिम्ब सोचेथे तिमीलाई

तर तिमी त धुदा पनि जादै नजाने जिद्दी दागभएर आयौ ।।