×
Sign Up Support

Member Login

Forgot password?
साहित्य

नारी

Shikha Kanel
Shikha Kanel 3 YEARS AGO 2640 views
Literature Litish Shakya

(नारी जीवन)२ त्यति सहज छैन जति देखिन्छ

उनी आँखा भरी आँशु भएनि अोठभरि मुस्कान मात्र देखाउछिन् ।

एउटि छोरी भएर घरमा त जन्मिन्छिन्

उनले परिवारको माया पनि पाउछिन्

तर उनकै अगाडि समाजले छोरा भए हुन्थ्यो छोरि पो भएछ भन्दा पनि उनी सहन्छिन्, सहनशीलताकी प्रतिमुर्ति हुन् नारी ।

उनी जन्मिएदेखि नै अशुरक्षित महशुस गर्छिन्

वरिपरि सुनिएका बलत्कारका घटनाले उनी डराउछिन्, काप्छिन्

तर यस्तो माहोलमा पनि उनी आफूलाई दर्हो बनाउछिन्।

महिनैपिछे उनको शरीरबाट रगत बग्छ,

उनी पिडामा छट्पटाउछिन् तर फेरि सहन्छिन्।

उनी नौ महिना आफ्नो बच्चालाई कोखमा राख्छिन्,

र यस सुन्दर संसार देखाउने क्षमता पनि राख्छिन्।

उनी आफ्नो परिवारको ढाल बनेर बस्छिन्,

उनी सरस्वतीको रुपमा आफ्ना सन्तानलाई पढाउँछिन्, संस्कार दिन्छिन्

लक्ष्मी सरि घरमा पैसा पनि जोगाउँछिन्

उनी ओंठमा मुस्कान बोकेर जस्तोसुकै कठिनाई पनि सजिलै पार गर्छिन्।

उनी दिनभरि काम गर्छिन् अनि मेरा बच्चाको खुट्टा दुख्यो होला भन्दै खुट्टा मुसार्छिन्।

नारी अद्भुत छिन्, नारीको शक्ति अद्भुत छ।

उनी कहिले सरस्वती, कहिले लक्ष्मी त कहिले दुर्गाको रुप लिन्छिन्।

नारी यस संसारलाई चलाउने क्षमता राख्छिन्,

उनी अद्भुत छिन्, उनीको शक्ति अद्भुत छ।