×
Sign Up Support

Member Login

Forgot password?

हाम्रो बारेमा

स्वदेशसन्देश डट कम एउटा अनलाईन म्यागजिन हो । यसको उद्देश्य यसमा प्रकाशित गरिने रचनात्मक तथा सकारात्मक चेतनामुलक लेखहरु मार्फत समाजमा सकारात्मक चिन्तनको प्रसार गर्नु हो ।  

 

समाज प्रगतीशील र चलायमान जिवित प्रणाली हो । यसको लक्ष्य सदैव सकारात्मकता तर्फ तथा उच्चतम सभ्यता र सुन्दरता तर्फनै हुन्छ । हाम्रो समाजमा सकारात्मक परिवर्तनका लागि आवश्यक स्वतन्त्रता भर्खरैमात्र प्राप्त भएको छ । सकारात्मक चिन्तनको सुरुवात भएतापनि लामो समयदेखि रहंदै आएको प्रतिकुल व्यवस्थाका कारण सकारात्मक चिन्तनको सर्वव्यापकताको अभाव छ ।

 

यस म्यागजिन त्यै सिमित सकारात्मकतालाई सर्वव्यापी बनाएर हाम्रो समाजलाई हामीले चाहेको जस्तो, हामीले रुचाएको जस्तो कर्मठ, सुन्दर र सकारात्मक समाजमा रुपान्तरण गर्ने कैंयन प्रयासहरुमध्येको एक प्रयासको सुरुवात हो । हामी आशा गर्छौ आफ्नो एवं आफ्ना सन्ततीको सुनौलो भविष्यको मार्ग प्रशस्त गर्न नेपाली समाज एवं नेपाली चिन्तनमा सकारात्मक परिवर्तनका लागि तपाईको साथ प्राप्त हुनेछ ।